लागूऔषध कारोवारमा पूर्व प्रहरी

२०७३ पुष १९ गते, मंगलवार

काठमाडौं, १९ पुस । पूर्व प्रहरी हवल्दार विमला थापा लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउमा परेकी छन् । थापालाई लागूऔषध नियन्त्रण ब्युरोले २९ एम्पुल, ४४ फेनारगन र ३९ डाइजेपामसहित थापालाई पक्राउ गरेको हो। थापाले भारतवाट लागूऔषध ल्याएर विक्री गर्दै आएको खुलासा भएको प्रहरीले जनाएको छ। थापासँगै कारोवारमा संलग्न भारतीय नागरिक बिक्की कुमार सिंह र सञ्जिव कुमार सिंहलाई पनि पक्राउ गरेको छ। थापाका श्रीमान मन्सुर हुसेनलाई पनि ब्युरोले वि.सं.२०७२ साल भदौमा लागूऔषधसहित पक्राउ गरेको थियो। हुसेन हाल कैद सजायँ भुक्तान गरिरहेका छन्। उनै श्रीमानको कैद जरिवानावापतको पैसा जम्मा गर्न आफू लागूऔषध कारोवारमा लागेको थापाले भनेको उल्लेख छ। – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु