चोर पक्रिन हेलिकोप्टर चार्टर

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं, १३ पुस । नाम्चे बजारका व्यवसायीहरुले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयबासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् । ‘चोरी गरेका ब्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं, अन्ततः उनीहरु पक्राउ परे,’ नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने । शेर्पाका अनुसार चारीको घटना भनेको गत शुक्रबार रातीको हो । चोरले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गरयो । ढोका फुटाएर भित्र पसेपछि सुरक्षा गार्डले थाहा पाए । तत्कालै चोर भाग्यो । रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेरा फुटेज देखाए । चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् । मगरको पहिचान भएपछि उनी कहाँ बस्छन भनी खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो । -राजधानी दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु