रासायनिक मलको अभाव हुने

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं, १३ पुस । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिको आजको बैठकमा कृषिसचिव डा. सुरोज पोखरेलले मागअनुसार आपूर्ति नहुँदा यस वर्ष रासायनिक मलको अभाव हुने बताएका छन । उनले विभिन्न समस्याका कारण मागअनुसार मलको आपूर्ति बढाउन नसकेको स्वीकार्दै यो वर्ष २९ हजार ३०४ टन मल अपुग हुने बताए । उनले फागुनदेखि थप मल आपूर्ति हुने जानकारी दिए । नेपालमा वार्षिक ७ लाख टन मलको माग हुने गरेकोमा करिब ५ लाख टनको हाराहारीमामात्र आपूर्ति भएकाले मलको अभाव हुने देखिएको सचिव पोखरेलको भनाइ थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु