प्रवास

बिहारसँग जोडिएका सीमा नाका बन्द

काठमाडौं, २७ बैशाख । बिहारमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमा जोडिएका नाका तीन दिन बन्द हुने भएको छ । छैठौं चरणको निर्वाचनलाई लक्षित गर्दै आजदेखि आइतबारसम्म नाका बन्द गरिने भएको हो । सीमा नाका बन्द हुँदा मुलुकको प्रमुख वीरगन्ज भन्सार नाकासमेत तीन दिन बन्द हुने भएको छ । दुवै पक्षको सहमति र समन्वयमा […]

२०७६ बैशाख २७ गते, शुक्रबार

जनप्रगतिशिल मोर्चा कतारका केन्द्रिय सचिव बोहोरासहित तीनजना निलम्बन

काठमाडौं , २५ बैशाख । नेपाली जनप्रगतिशिल मोर्चा कतारले क्रान्ती र मोर्चाको काम कर्तव्य र अनुसान भन्दा बाहिर रहि काम गरेको भन्दै मोर्चाका केन्द्रिय सचिव बेद बोहोरा, सदस्य द्वय रामहरी अर्याल (सुजक), दिपक ओलिलाई अर्को सुचना नआए सम्मको लागि सम्पुर्ण जिम्मेवारीहरुबाट निलम्बित गरिएको बताएको छ । यस बिषयमा मोर्चाका अध्यक्ष शिशिर भण्डारीले जारी गरेको प्रेस […]

२०७६ बैशाख २५ गते, बुधबार

भारतका सात राज्यका ५१ स्थानमा निर्वाचन हुँदै

काठमाडौं, २३ बैशाख । भारतको सात राज्यका ५१ स्थानका लोकसभाका लागि आज पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा […]

२०७६ बैशाख २३ गते, सोमबार

श्रीलङ्काद्वारा २०० इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला

काठमाडौं, २३ बैशाख । आफ्नो देशको शान्ति र सुरक्षामा दखल परेको भन्दै श्रीलङ्काले इस्लामिक धर्मगुरु साथै अन्य विदेशीहरुलाई देश निकाला गरेको छ । केही दिनअघि त्यहाँको गिर्जाघर र विभिन्न होटलमा चरणबद्ध आक्रमण गरी ठुलो सङ्ख्यामा मानिसको ज्यान गएपछि श्रीलङ्का सरकारले यो ‘एक्सन’ लिएको हो । त्यहाँको सरकारले २०० जना इस्लामिक धर्मगुरु र चार सयजना अन्य […]

२०७६ बैशाख २३ गते, सोमबार

केजरीवालले थप्पड खाए !

काठमाडौं, २२ वैशाख । दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् । चुनावी प्रचारका लागि रोड शो गर्दै रहेका समयमा केजरीवाललाई ३३ वर्षीय सुरेश नामका व्यक्तिले थप्पड हानेका थिए । शनिवार पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिरसिंह जाखडसँग चुनाव प्रचारमा रहेकै बेला केजरीवाललाई हातपात गरिएको हो । […]

२०७६ बैशाख २२ गते, आईतवार

‘फानी’को उत्पात, ८ जनाको मृत्यु

काठमाडौं, २१ वैशाख । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पर्यटकीय सहर पुरी पनि यसबाट निकै प्रभावित भएको छ । तीव्रगतिमा आएको आँधीका कारण पुरीमा […]

२०७६ बैशाख २१ गते, शनिबार

भारतको ओडिसामा ‘फानी’को प्रभाव सुरु

काठमाडौं, २० वैशाख। भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव सुरु भएको छ । बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुग्दैछ । जसका कारण त्यहाँ वर्षा सुरु भएको छ । तटीय क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको छ । आँधीको असरलाई मध्यनजर गर्दै हवाई उडान रद्द गरिएका छन् […]

२०७६ बैशाख २० गते, शुक्रबार

माओवादीको विद्युतीय धरापमा परी १७ सुरक्षाकर्मीको मृत्यु

काठमाडौ, १९ बैशाख । भारतीय माओवादीको हमलामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । भारतीय संचार माध्यमहरुका अनुसार बैशाख १८ गते मजदूर दिवसका दिन भारतीय माओवादीले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी बिस्फोट गराएका थिए । दिउँसो लगभग १२ः४५ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । राजमार्गमा थापिएको विद्युतीय धरापमा सुरक्षाकर्मी परेका थिए । […]

२०७६ बैशाख १९ गते, बिहीबार

‘ओभरटाइम’ काम गर्दा २७२ जना कर्मचारीको मृत्यु !

काठमाडौं, १६ वैशाख । इन्डोनेसियामा निर्वाचनको मतगणनाका क्रममा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी बिरामी परेका छन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियामा यही अप्रिल १७ मा सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ । हातबाटै मतगणना गर्दा लगातार लामो समयसम्म काम […]

२०७६ बैशाख १६ गते, सोमबार

जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या

काठमाडौं, १५ वैशाख । आर्थिक संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतको वायुसेवा कम्पनी ‘जेट एयरवेज’ का एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षी वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी तीन वर्षयता क्यान्सर रोगबाट पीडित थिए । पछिल्ला चार महिना उनको अवस्था गम्भीर हुँदै गएको थियो । प्रहरीका […]

२०७६ बैशाख १५ गते, आईतवार