जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या

२०७६ बैशाख १५ गते, आईतवार

काठमाडौं, १५ वैशाख । आर्थिक संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतको वायुसेवा कम्पनी ‘जेट एयरवेज’ का एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षी वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी तीन वर्षयता क्यान्सर रोगबाट पीडित थिए ।
पछिल्ला चार महिना उनको अवस्था गम्भीर हुँदै गएको थियो । प्रहरीका अनुसार उनले दुई महिनादेखि तलव पाएका थिएनन् । अस्पतालमा भर्ना गरिएका उनलाई गत शुक्रबार आफ्नै निवास महाराष्ट्रस्थित पालघरमा ल्याइएको थियो । शुक्रबार नै उनले घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ । शैलेषका जेठो छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलव पाएका छैनन् । जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि कर्मचारीहरु कामविहीन भएका छन् । कर्मचारीहरुले आर्थिक संकटका कारण आफू र परिवार तनावमा रहेको भन्दै समय समयमा प्रदर्शनसमेत गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु