भोलि चम्पादेवी मेला

२०७० चैत्र ३० गते, आईतवार


काठमाडौं,३० चैत । काठमाडौं दक्षिणभेगस्थित चम्पादेवी डाँडामा आगामी वैशाख १ गते चम्पादेवी मेला लाग्ने भएको छ ।काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका विभिन्न भूभागका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न सकिने दुई हजार २५० मिटर उचाइको चम्पादेवीबाट मकालु लाक्पादोर्जे, गौरी शङ्करलगायतका हिम श्रृङखलाहरू अवलोकन गर्न सकिन्छ ।
मेलाप्रतिको बढ्दो आकर्षणसँगै पछिल्ला वर्षमा आएर चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्था, कीर्तिपुर क्षेत्र पर्यटन विकास समिति, कीर्तिपुर टुरिष्ट गाइड एसोसिएसनलगायतका संस्थाको सहकार्यमा चम्पादेवी हाइकिङ आयोजना गरिएकामा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु