आगामी आर्थिक वर्ष २०८०/०८१ कोबजेट सार्वजनिक हुँदै

२०८० जेष्ठ १५ गते, सोमबार


काठमाडौँ । आज जेठ १५ गते, संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार आज प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक बस्छ । उक्त बैठकले आउँदो आर्थिक वर्षको बजेट झिकाउँछ, उक्त बजेट (आय व्ययको विवरण) योजना आयोगबाट अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्छ । यसपछि फेरि मन्त्रिपरिषद् बैठक बस्छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले पेश गरेको बजेट पास गर्छ र संसदमा पठाउने निर्णय गर्छ । यसपछि बल्ल बजेट वक्तव्य प्रिन्ट गर्ने काम हुन्छ । बजेटको प्रतिहरु सिंहदरबार भित्र नै कडा सुरक्षाका बीच प्रिन्ट हुन्छ ।
राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब बजेट ल्याउन भन्दै सिलिङ दिएको छ । योजना आयोगको सिलिङभन्दा केही अर्ब बढीको बजेटको ‘ड्राफ्ट’ बनेको अर्थ स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु