नेपाल र बंगलादेशले २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्ने

२०७९ मंसिर २ गते, शुक्रबार


काठमाडौ । नेपाल र बंगलादेशले सन् २०२७ को यू १९ महिला विश्वकप संयुक्त आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’ले २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । आईसीसीबो बोर्ड बैठकले २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकप आयोजकलाई अनुमोदन गरेको हो । २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२५ को महिला विश्वकप मलेसिया र थाइल्यान्डमा संयुक्त आयोजना हुने आईसीसीले जनाएको छ । २०२६ को यू–१९ पुरुष विश्वकप भने जिम्बाबे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

प्रतिक्रियाहरु