यौन दुर्व्यवहारको आरोपमा शिक्षक भट्टराई र गौतम पक्राउ !

२०७९ जेष्ठ ६ गते, शुक्रबार


काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका ५ स्थित सत्यवती माविमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल शिक्षक संगठनका सत्यवती गाउँपालिका अध्यक्ष तथा सोही विद्यालयमा पढाउने शिक्षक प्रकाश भट्टराई र निलकण्ठ गौतम रहेको इलाका प्रहरी कार्यालय जोहाङले बताएको छ । अहिले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय तम्घास पठाइएको प्रहरीले जानकारी दिएको छ । सत्यवती मावि सत्यवती हँसरामा अध्ययनरत एक बिद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरु दुवैजनालाई रिडी प्रहरी चौकीवाट खटिएको प्रहरी इन्सपेक्टरको नेतृत्वको टोलीले पकाउ गरेको हो । उनीहरु दुवैजनालाई यौन दुव्र्यवहार सम्वन्धि मुद्दा जिल्लाले हेर्ने भएकाले जिल्ला प्रसासन कार्यालय तम्घास पठाइएको छ । केही समय अगाडि सोही स्कुलमा अध्ययनरत विद्यार्थीका आफन्त र आफन्तहरूको समुहले आफ्नो परिवारमाथि शिक्षकद्वारा यौन दुव्र्यवहार भएको भन्दै आक्रोशित पीडित परिवार र आफन्तले विद्यालयमा नै पुगी शिक्षकमाथि हातपात गर्ने प्रयास गरेपछि विद्यालयमा तनाव समेत भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु