हल्का वर्षा र हिमपातको सम्भावना !

२०७८ मंसिर ६ गते, सोमबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही ठाउँमा हल्का वर्षा र केही ठाउँमा हिमपातको सम्भावना रहेको छ। मौसमविद समीर श्रेष्ठका अनुसार सोमबार प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार बिहान देशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भू–भागहरूमा आंशिक बदली हुनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद श्रेष्ठले जानकारी दिए। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा बिहान अहिले भएको बदली केही समयपछि सफा हुने जनाइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु