भारतीय भुमिवाट दार्चुला घटनाको निरीक्षण गर्ने गृहका टोली स्थानीयद्वारा लखेटिए

२०७८ श्रावण २१ गते, बिहीबार


काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाको निरीक्षण गर्न पुगेका गृह मन्त्रालयका टोलीले भारतीय भुमिवाट घटनाको निरीक्षण गर्न थालेपछि स्थानीय जनता आकोषित हुदै उनीहरुलाई त्यहाबाट लखेटेको समाचार प्राप्त भएको छ। गृह मन्त्रालयका सहसचिब जनार्दन गौतम , दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्ट , डिआइजी पुरुषोत्तम कंडेल , एसएसपी सुरेश श्रेष्ठलागयातको टोलीले दार्चुला घटनाको निरीक्षण भारतीय भुमिवाट गर्न थालेपछि स्थानीय जनता आक्रोशित भएका हुन्। उनीहरुले उक्त घटनामा स्थानीय जनता र घटना स्थल नजिकको नेपाली सुरक्षा निकायसंग कुनै छलफल नगरी भारतीय सुरक्षा निकायको घेरामा बसेर उक्त घटनाको निष्पक्ष छानबिन हुन् नसक्ने भन्दै निरीक्षण टोलीमाथि जाई लागेको एक स्थानीयले बताए । स्थानीय जनताले घटनाको निरीक्षण गर्न पुगेका गृह मन्त्रालयका टोलीमाथि नेपाल तर्फवाट ढुंगा बर्साउन थालेपछि टोली निरीक्षण गर्ने कार्य बिच मै रोकेर फर्किन बाध्य भएको प्रत्यक्षदर्शिको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु