गैंडा तस्कर पक्राउ

२०७८ असार १४ गते, सोमबार


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट नगरपालिका वार्ड ३ बस्ने बर्ष ३० का राजमान मगर भन्ने राजमान थापा मगर कानूनी दायरामा आएका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले उनी पुर्पक्क्ष को लागि कारागार चलान भएको र उनलाई निकुन्जले लामो समयदेखि निगरानीमा राखेको जानकारी दिए । उनी संगै चालु आव २०७७।७८ हालसम्म २७ जना गैडा तस्करहरु कानुनी कारबाहीको दायरामा आएको अधिकारीले बताए ।
थापाविरुद्ध गैडा मारेर खाग बिक्रि गरेको आरोपमा जिल्ला अदालत नवलपरासीमा २ र जिल्ला अदालत चितवनमा १ वटा मुद्दा दायर रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु