वैदेशिक रोजगार विभागलाई विकेन्दि्रत गरिदै

२०७० मंसिर २२ गते, शनिबार


काठमाडौं,२२ मंसिर । सरकारले वैदेशिक रोजगार विभागलाई विकेन्दि्रत गरी अब उपत्यका र बाहिर सातवटा कार्यालय खोल्ने तयारी गरेको छ । रोजगारमा जाने कामदारलाई सहज सेवा दिन श्रम तथा रोजगार मन्त्रालयले विभाग मातहत काठमाडौंमा चार शाखा र उपत्यका बाहिर तीनवटा क्षेत्र स्तरीय कार्यालय खोल्ने तयारी गरेको हो । वैदेशिक रोजगार सम्बन्धी कार्यालयहरुलाई विकेन्दि्रत गर्ने र कर्मचारीको दरबन्दी थप गर्ने प्रस्तावलाई अर्थमन्त्रालयले सहमति प्रदान गरिसकेको जानकारी श्रमका अधिकारीहरुले दिएका छन् । जस अनुसार विराटनगर, पोखरा र नेपालगन्जमा क्षेत्रीय कार्यालय र काठमाडौंमा मलेसिया, साउदी, अरब, कतार र अन्य देशसम्बन्धी काम गर्ने काठमाडौं कार्यालय खुल्नेछ ।ती सबै कार्यालयहरुमा विभागबाट सम्पादन हुने कामलाई विकेन्दि्रत गरिने बताइएको छ ।
राजधानी केन्दि्रत विभागलाई उपत्यका र बाहिर विकेन्दि्रत गर्नुपर्ने माग लामो समयदेखि हुँदै आएको भए पनि लागु भएको छैन् । वैदेशिक रोजगार व्यवस्थापन सुधार सुझाव कार्यदल र प्रशासन सुधार कार्यदलको प्रतिवेदनले पनि विकेन्द्रीकरणमा जोड दिएका थिए । विभागबाट पछिल्लो वर्ष ४ लाख ५३ हजारभन्दा बढी कामदार श्रम स्वीकृत र वैधानिकीकरण गरेर रोजगारीमा गएका छन् ।

प्रतिक्रियाहरु