‘फासिवादी दमनले क्रान्ति रोकिँदैन, अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ’

२०७७ माघ १० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद दिदै फासिवादी दमनले क्रान्ति नरोकिने, अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने ठोकुवा गरेका छन् । महासचिव विप्लवले पार्टीले आह्वान गरेको नेपाल बन्दलगायत सम्पूर्ण सङ्घर्षका कार्यक्रम पूर्ण रूपले सफल भएको समेत बताएका छन् ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ । दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ ।’
महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘गत पुस २९ गते हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध आज माघ १० गते हाम्रो पार्टीद्वारा आयोजित नेपाल बन्द कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।’
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद्‌ विघटन गरेपछि स्वयम्‌ चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ । दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ ।
गत पुस २९ गते हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता- कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध आज माघ १० गते हाम्रो पार्टीद्वारा आयोजित नेपाल बन्द कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुन्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।”


प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु