जीप त्रिशूलीमा खस्दा आमा छोरीसहित तीन जना बेपत्ता

२०७७ मंसिर ११ गते, बिहीबार


काठमाडौं । प्यूठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जीप आज बिहान चितवनको इच्छाकामना गाँउपालिका पाँचबाट त्रिशूलीमा खसेको छ । जीप त्रिशूली नदीमा खस्दा आमाछोरी सहित तीन जना बेपत्ता भएका छन् । गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिमरुक गाउँपालिका–पाँच खहरेकी जमुना रोका र उनकी एघार वर्षीया छोरी जेनिसा रोक्का नदीमा बेपत्ता भएका छन् । जमुनाका श्रीमान मुकुन्दराज रोकाको भने उद्दार गरिएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउदै गर्दा दुर्घटनामा परेका हुन् । बेपताको खोजीमा गोताखोरसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ । बेपत्ता जीप पनि फेला परेको छैन ।

प्रतिक्रियाहरु