सत्ताधारी नेकपाभित्रको विवाद : ओली र प्रचण्डबिच पदको लछाचुडी

२०७७ भाद्र १२ गते, शुक्रबार
  हस्तबहादुर केसी

 सत्ताधारी नेकपाप्रति धेरैको के भ्रम छ भने यो कम्युनिस्ट पार्टी हो । किनकि उसले पार्टीको नाम पनि ” नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ” राखेको छ । यसले विश्वका सबै कम्युनिस्ट पार्टीहरुले आफ्नो महान् आदर्शका साथ सहिदहरुको रगतले रंगिएको जुन रग्तरञ्जित फहराउँदै आएका छन् , त्यही लाल झण्डाआफ्ना कार्यलयहरुमा फहराइरहेको छ ।  दुई तिहाई नजिकको सरकार पनि चलाइरहेको छ । ” ”     “समाजवाद उन्मुख छौ ”  गफ पनि दिने गरेको छ । सबैले कम्युनिस्ट पार्टीको दुई सरकार छ भनेर हल्लाह पनि गरिरहेका छन् । नेपाली काँग्रेस लगायतका बुर्जुवाहरुले त झन नेकपाले कम्युनिस्ट अधिनायकवाद चलायो भनेर ठूलो स्वरले हल्लाह गर्दै आएका छन् ।  यिनै कुप्रचार गरिदिएका कारण नेपाली जनताको बिचमा सत्ताधारी नेकपा कम्युनिस्ट पार्टी हो भनेेेर  ठूलो भ्रम फैलाइएको छ ।  तर यहाँनेर एउटा कुरा के स्पष्ट हो भने नेपालका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारी कम्युनिस्टहरू र सचेत नेपाली जनताले सत्ताधारी नेकपा कम्युनिस्ट पार्टी होइन , संशोधनवादको बाटो हुदै नव प्रतिक्रियावादमा परिणत भैसकेको तथ्यबारे शुरुदेखि नै घोषणा गरिसकेको कुरा पनि सबैका सामु दिनको घाम जत्तिकै छर्लङ्गैै छ ।

  प्रतिक्रियावादी सत्ताधारी यो नेकपा भित्र लामो समयदेखि आन्तरिक विवाद ( झगडा ) चुलिदै आएर छताछुल्ल हुन पुग्यो । त्यो नितान्त पदार्थको झगडा थियो भन्ने कुरा छर्लङ्गैै भएर बाहिर आयो । बुर्जुवा पार्टी भएकोले सबै कुरा बाहिर आउनु पनि स्वाभाविक विषय हो । त्यो विवाद पहिलो पार्टी अध्यक्ष र प्रधानमन्त्री रहेका केपी ओली र दोस्रो अध्यक्ष रहेका पुष्पकमल दाहाल “प्रचण्ड ” बिचको पदको लछाचुडीका रुपमा फैलिएर गयो ।   यहाँनेर एउटा कुरा के हो भने सत्तामा जाने र राष्ट्रको सम्पति लुट्ने उद्श्येका साथ  २०७५ साल जेठ ३ गते एमाले र माकेकाबिचमा पार्टी एकता गरेका थिए । अर्थात् माके एमालेमा विलय भएको थियोे ।  पार्टी एकता गर्ने क्रममा केपी ओली र प्रचण्डकाबिचमा आधा आधा समय प्रधानमन्त्री पद आलोपालो चलाउने सहमति भएको रहेछ । गत २०७६ मंसिर ४ गते केपी ओली र प्रचण्डका बिचमा केपी ओलीले प्रधानमन्त्री चलाउने , प्रचण्डले पार्टी चलाउने गोप्य सहमति भएको रहे छ ।   तर बिचमै प्रचण्डले प्रधानमन्त्री माग्न थाले पछि केपी ओलीले प्रधानमन्त्री पद नछाड्ने भए पछि विवाद बढेर गयो । पहिलेदेखि केपी ओलीसित असुन्तुष्ट रहदै आएका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रधानमन्त्री बन्नलाई र्याल काड्दै हिडेका पार्टीका उपाध्यक्ष वामदेव गौतमलाईसाथमा लिएर केपी ओलीबाट प्रधानमन्त्री पद हत्याउनका लागि ठूलो गुट बन्दी बनाए ।

     यसरी पार्टीको सचिवालयमा प्रचण्ड समुहको बहुमत पुगे पनि  प्रचण्ड गुटले केपी ओलीको राजीनामा माग गरे । तर ओलीले कुनै पनि हालतमा प्रधानमन्त्री पद छाड्न तयार भएनन् । स्थायी समितिको बैंकक बोलाइयो तर केपी ओली त्यस बैंककलाई चलाउन तयार भएनन् । त्यस पछि प्रचण्ड गुट केपी प्रति झनै क्रुद्ध बन्दै गयो र उनीहरूको पदको लडाइँ कुकुरे कलहमा परिणत भयो । अन्तिमतिर आएर वामदेव गौतम आगामी पार्टी महाधिवेशनबाट पार्टी अध्यक्ष बनाइदिने केपीको उधारो आश्वासनलाई विश्वास गरेर प्रचण्ड गुट छोडेर केपी गुटमा सामेल हुन पुगे पछि प्रचण्ड गुट र केपी गुट बराबर जस्तो हुन गए पछि  प्रचण्ड र केपी पार्टी भित्र उत्पन्न भएको विवाद समाधान गर्न सुझाव पेस गर्न कार्यदल गठन गर्न तयार भए ।

  यसै परिपक्षमा एकातिर प्रचण्ड पनि माधवकुमार नेपाल र झलनाथ खनाललाई छ‍ोडेर केपी ओली सामु आत्मसमर्पण गर्न पुगेे । अर्कोतिर कार्यदलले पनि केपी ओलीले पुरै अबधि प्रधानमन्त्री चलाउने र प्रचण्डले पार्टी चलाउने सुझाव दिएको प्रकाशमा आएको छ ।  यहाँनेर के कुरा स्पष्ट हुन जरुरी छ भने प्रचण्डको प्रवृत्ति के देखियो भने उनलेे आफ्नो निहित स्वार्थका लागि आफूलाई सहयोग गर्ने साथीहरूलाई धोका दिदै जान्छन् भन्ने कुरा  बारम्बार दोहोर्याउदै आएका थिए त्यो यहाँ पनि उजागर भएको छ । उनले  आफूहरू साथ दिदै आएका माधवकुमार नेपाल र झलनाथ खनाललाई छोडेर केपी क्याम्पमा गए , यो नै उनको कुरुप नैतिकताको एक उदाहरण मात्र हो । उनका राजनीतिक तथा वैचारिक गल्तिवारे गणना गर्न गाह्रो छ ।

  प्रचण्डले नेपाली क्रान्तिका सम्पूर्ण उपलब्धिहरुलाई मुठो पारेर खोलामा फ्याकेर आज उनी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका नम्बर एकका दलाल केपी ओली क्याम्पमा हाम फाल्न पुगेका छन् ।   प्रचण्डले आफ्नो निहित स्वार्थपूर्तिका निम्ति महान् दश वर्षे जनयुद्धका प्रक्रियामा बनेका आधार इलाकाहरु , नयाँ जनसत्ताहरु, जनअदालतहरु  जनकम्युनहरु , जनसरकारहरु खारेज गरेका थिए । प्रचण्डले नै जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु आत्मसमर्पण गर्न लगाएर जनमुक्ति सेनाको विघटन गराएका थिए र सहिदहरुको रगतद्वारा निर्माण गरिएका र जनमुक्ति सेनाहरुले बोग्ने गरेका अत्याधुनिक हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो ।

   महान् दश वर्षेे जनयुद्धको माग बमोजिम जनताद्वारा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचन मार्फत् निर्माण गरिएको जुन संविधानसभा मार्फत्् महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्श्येका साथ निर्माण गरिएको थियोे , त्यस संविधानसभालाई विघटन गरेर साम्राज्यवाद , विस्तारवादको ग्राण्डडिजाइन र निर्देशनमा दोस्रो संविधानसभाको निर्वाचन गरेर प्रतिक्रियावादी एवं पश्चगामी संविधान बनाउन देशीविदेशी प्रतिक्रियावादीहरुको गोटी बनेर प्रमुख भूमिका प्रचण्ड र बावुरामले नै खेलेका थिए ।  प्रचण्ड – बावुरामहरुले गरेको गध्दारी विश्व कै पहिलो घटना हो  । किनभने विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा कुनै पनि देशका कम्युनिस्ट पार्टी र कम्युनिस्ट क्रान्तिकारीहरुले सत्तामा नपुग्दै देशीविदेशी प्रतिक्रियावादी शक्तिहका सामु शान्तिपूर्ण अवस्था मै वर्गीय रुपमा , राजनीतिक रुपमा आत्मसमर्पण गरेर पार्टीको मुख्य नेतृत्व , युध्द वा आन्दोलनको मुख्य नेतृत्व गरिरहेकाहरुको आफ्नै हातले युध्दको र उपलब्धिहरु ,आन्दोलनका उपलब्धिहरु प्रतिक्रियावादी सत्ता बुझाएको इतिहास कहिँ पनि छैन  ।

    नेपाल मै हो , नेपाल कै महान् दश वर्षे जनयुद्धका सम्पूर्ण उपलब्धि र विरासतहरु जनयुद्धको मुख्य नेतृत्व गरेर आएका प्रचण्ड र बावुरामका आफ्नै हातले प्रतिक्रियावादी सत्तालाई बुझाएर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद अर्थात् आफ्ना महाप्रभुलाई बुझाएको पहिलो इतिहास र प्रमाण हो ।

      प्रचण्ड र बावुराम नेपाली दश वर्षे जनयुद्धका मात्र गध्दार होइनन् , किनभने महान् दशवर्षे जनयुद्धलाई मात्र झकझक्याई रहेको थिएन , त्यसले विश्व जनसमुदायलाई नै झकझक्याई रहेको थियोे । ऐतिहासिक दश वर्षे जनयुद्धबाट नेपाली सर्वहारा वर्ग , उत्पीडित जनसमुदाय मात्र आशावादी भइरहेको थिएन , विश्व सर्वहारा वर्ग र विश्व जनसमुदाय नै आशावादी बनिरहेको थियो ।  यदि प्रचण्ड – बावुरामहरुले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुका सामु लम्पसार परेर आत्मसमर्पण नगरेको भए , महान् दश वर्षे जनयुद्धका सम्पूर्ण उपलब्धि र विरातहरु प्रतिक्रियावादी सत्तालाई बुझाएर आफूहरु पनि त्यही प्रतिक्रियावादी वर्षको पार्टी र सत्ताको नाइके बनेर नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र कम्युनिस्ट क्रान्तिकारीहरुलाई दमन गर्ने सर्वोच्च निकायमा पुगेर प्रतिक्रान्तिकारी भूमिका निभनाउने जस्तो जघन्य अपराध गर्ने स्थानमा नपुगेको भए यतिबेला नेपाली समाज अर्कै नयाँ ठाउँमा पुगिसकेको हुन्थ्यो , नेपाली जनता यतिबेला वैज्ञानिक समाज रमाइरहने स्थानमा पुगेर वैज्ञानिक साम्यवादको बाटो तय गर्ने ठाउँमा पुगिसकेका हुन्थे ।     यसको बाधकका रुपमा आज प्रचण्ड – बावुरामहरु खडा भएका छन्  । यसको एक मात्र  प्रमाण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु , त्यस पार्टीका हजारौं नेता , कार्यकर्ताहरुलाई देशव्यापी रुपमा धरपकड गरेर झुठ्ठा मुद्दा लगाउने , जेल चलान गर्ने , मानसिक तथा शारीरिक यातना दिने , सर्वोच्च अदालतले रिहाइको फैसला गरिसके पछि पनि अदालत परिसरबाट गिरफ्तार गरेर पुनः झुठ्ठा मुद्दा लगाएर जेलमा कोच्न देशीविदेशी प्रतिक्रियावादी हरुको एजेन्ट बनेर , गृह मन्त्रालय , गुप्तचर तथा खुपिया विभागको जिम्मा लिएर ब्यापक दमन गरेर देशमा फासीवादी सत्ता चलाएर क्रान्तिकारी माओवादी लगायत ११ दलीय मोर्चाका गतिविधि र आन्दोलनमाथि दमन गर्ने जस्तो हिटलरी शासन चलाउने ठेक्का अहिले प्रचण्ड समुहले जुन जिम्मा लिएर हिटलरी फासीवादी सत्ता नेपालमा सञ्चालन गरेर अमेरिकी साम्राज्यवाद , भारतीय विस्तारवाद , विश्व प्रभुत्ववाद र सबै खाले प्रतिक्रियावादी शक्तिहरुलाई खुसी तुल्याउने हर्कतहरु जोडदार रुपमा , निरन्तर रुपमा चलाउदै आएको हुनाले प्रचण्ड समुहलाई अन्तर्राष्ट्रिय गध्दार भन्नु पर्ने बाधात्मक अवस्था सृजना भएको छ नेपालमा ।  यति मात्रै होइन , केपी ओली नेतृत्वको फासीवादी सरकार वर्तमान अवस्थामा संसारमै पहिलो भ्रष्ट सरकार हो । आज यही ओली नेतृत्वको भ्रष्ट सरकारले देशव्यापी रुपमा कोरोनाको नाम  र अन्य तरिकाले देश लुटिरहेको छ । राष्ट्रिय ढुकुटीमाथि ब्रह्मलुट मच्चाइरहेको छ  र पार्टीको कार्यकारी अध्यक्ष समेत बनेर आफ्नो समुहले सकेसम्म मुलुकको सम्पत्ति लुट्ने , मुलुकको ढुकुटी , जनताको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउने र केपी गुटले , केपी ओली नेतृत्वको सरकारले गरेका सम्पूर्ण भ्रष्टाचार र अन्य अपराधहरु अनुमोदन गरेर वैधानिक बनाउने कार्यमा यतिबेला प्रचण्ड समुहले गरेर अर्को , राष्ट्रिय गध्दारी र जनघात गर्ने कामको अनुमोदन गर्ने र बैधानिक बनाउने काममा प्रचण्ड समुहले मुख्य भूमिका खेलिरहेको छ । यो भन्दा ठूलो राष्ट्रिय गध्दारी अर्को के हुन सक्छ र ?    जस्तो कि वाइडकडी भ्रष्टाचार काण्ड , यति काण्ड , बालुवाटार जग्गा काण्ड , गोकुल बासकोटा भ्रष्टाचार काण्ड , ओम्नी  कम्पनी एण्ड ईश्वर पोखरेल , भानुभक्त ढकाल भ्रष्टाचार काण्ड लगायतका भ्रष्टाचारीहरुलाई बचाउने , जोगाउने , संरक्षण गर्न जुन ओली नेतृत्वको दलाल सरकार लागि परेको छ , त्यसमा समर्थन र अनुमोदन गर्ने काममा प्रचण्ड समुह नै मुख्य रुपमा बरखरार खडा हुदै र भ्रष्टहरुलाई चोख्याउने र भ्रष्ट ओली सरकार र उसका भ्रष्टाचारीहरुलाई चोख्याउने काममा प्रचण्ड समुह नै मुख्य शक्ति बन्दै आएको छ ।

      अहिले कोरोनाका नाममा जसरी ओलीी नेतृत्वको दलाल सरकारले देशव्यापी रुपमा करोडौंको , अरबौको भ्रष्टाचार र अन‌ैतिक , जनविरोधी , राष्ट्र विरोधी कार्य गरिरहेको त्यसमा सकेसम्म कमिशन लिने र चुप्प बसेर समर्थन गर्ने , अनुमोदन गरेर चोख्याउने काममा पनि प्रचण्ड समुह न‌ै जिम्मेवार बनेको छ ।   यसरी आज नेपाली क्रान्ति प्रति , नेपाली जनता प्रति , नेपाल राष्ट्र प्रति र अन्तर्राष्ट्रिय जनसमुदाय प्रति नै गध्दारी गरेर प्रचण्ड – बावुरामहरु नेपाली जनयुद्धका अन्तर्राष्ट्रिय गध्दार सावित भइरहेका छ । यो कुनै व्यक्तिगत कुरा होइन , समग्र , राजनीतिक कुरा हो । सैधान्तिक तथा वैचारिक सवाल हो  । नेपाली जनता र नेपाल , राष्ट्रको साझा आवाज हो  । अन्तमा यो महान् नेपाली क्रान्तिप्रतिको साझा आवाज हो ।

– लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।

प्रतिक्रियाहरु