वसन्त चाैधरीद्वारा कोरोनाविरूद्धको काेषमा १ कराेड सहयाेग दिने घाेषणा

२०७६ चैत्र १० गते, सोमबार

काठमाडौं, १० चैत । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले कोरोनाविरूद्ध लड्न ५० करोडको कोष घोषणा गरेको थियाे । जसमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान दिने काेराेना राेकथाम समन्वय समतिका संयाेजक तथा रक्षामन्त्री ईश्वर पाेखरेलले जानकारी दिए । यससँगै नेपालका धनाढ्य वसन्त चाैधरीले पनि १ कराेड बराबरकाे सहयाेग गर्ने घाेषणा गरेका छन । नर्भिक/बसन्त चौधरी फाउन्डेसनले ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा भन्दै रक्षामन्त्रीकाे ट्विटरमा वसन्त चाैधरीले कमेन्टमार्फत जानकारी दिएका छन ।
उनले भनेका छन -, ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।’

प्रतिक्रियाहरु