सिन्धुपाल्चोकमा कोरोनाको आशंका !

२०७६ माघ २९ गते, बुधबार

काठमाडौँ, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरो भाइरलको रुपमा फैलिएकाे छ । अध्यक्ष श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी साझँसम्म १०० भन्दमाथि पुगेकाे छ । बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । उनले फेसबुकमा लेखेका छन – बिहानसम्म १ दर्जनको संख्यामा रहेका बिरामी अहिले सॉझसम्म सय नॉघेको छ । बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाइरलको रुप लिएको छ । कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो ।’
जनशक्ति र साधनस्राेतले भ्याए सम्मको बिरामीहरूकाे सेवामा खटिरहेकाे उनले बताए । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि सहयाेगकाे लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेकाे अध्यक्ष श्रेष्ठले जानकारी दिए । थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेकाे र आफू पनि संकलन खटिरहेको उनले बताए । आज बिहानै मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जाँदै गरेकाे पनि उनले जानकारी दिए । उनले लेखेका छन – अहिले पनि म लगाएत साथीहरु थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेका छौं । भोलि बिहान मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जादैछौँ । काेराेना भाइरस नै भनेर नभनेकाे तर केराेनासँग मिल्दोजुल्दो लक्षण भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेकाे उनले जनाए । ‘सक्दो प्रयास भइरहेकोले नआत्तिन सबैमा आग्रह गर्दछु,’ उनले भन्, ‘म फेरि दोहोऱ्याछु हामीले कोरोना भाइरस भनेका छैनौं योसँग लक्षण मिल्दोजुल्दो भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेका हौं ।’

प्रतिक्रियाहरु