स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश

२०७६ माघ २३ गते, बिहीबार

काठमाडौं , २३ माघ । विश्वका १ सय ३२ वटा देशहरुमा गरिएको सर्वेक्षणअनुसार स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको छ भने नर्वे दोस्रो र आइसल्यान्ड तेस्रो रहेको छ । सर्वेक्षणमा उपभोग्य वस्तु, कपडा र ट्याक्सी शुल्कलाई मानक बनाइएको थियो । डेनमार्क, लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापूर र दक्षिण कोरिया पनि विश्वका महंगा देशहरुमा परेका छन् । अमेरिका २० औँ स्थानमा छ भने बेलायत २७ औँ स्थानमा रहेको छ । सोधकर्ताहरुले कुनै पनि देशमा बस्ने खर्च अन्तर्गत भाडादर, लुगा, ट्याक्सी शुल्क, इन्टरनेट, घरेलु उपभोग्य वस्तु, यातायात र खाद्य वस्तुको मुल्यका आधारमा अध्ययन गरेका हुन् । इकोनोमिक इन्डेक्सका अनुसार घर भाडादरको हिसाबले नेपाल सस्तो पाँचभित्र परेको छ । १३२ वटा देशहरुमा पाकिस्तान बस्नका लागि सबैभन्दा सस्तो मुलुक बनेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु