देशभर मौसम बदली, वर्षा र हिमपातकाे सम्भावना

२०७६ मंसिर १० गते, मंगलवार

काठमाडाैँ, १० मंसिर । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ । उक्त प्रणालीका कारण मुलुकभर चिसो बढेको मौसमविद्ले बताएका छन् । यस प्रणालीले विशेषगरी देशको पश्चिमी क्षेत्रमा असर पारिरहेको बताइएको छ । पश्चिमी न्यून चापीय प्रणालीले पूर्व र मध्य क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा बढी असर पु¥याइरहेको महाशाखाले जनाएको छ । जसको कारण पश्चिमका पहाडी भेगका एकरदुई स्थानमा क्षणिक वर्षा तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना रहेको बताइएको छ । पश्चिमी वायुको प्रभाव आगामी तीन दिनसम्म रहने भएकाले बिहीबारसम्म देशको मौसमी अवस्था यस्तै रहने बताइएको छ ।

प्रतिक्रियाहरु