पत्रकारहरु डाँको छाडेर रोए !

२०७६ जेष्ठ ५ गते, आईतवार

काठमाडौं, ५ जेठ । नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङको मूलगेटमा मिडिया काउन्सिल विधेयकको विरोधमा प्रतिकात्मकरुपमा आधा घन्टा रोएर विरोध जनाएका छन । उनीहरुले सरकारले प्रेस स्वतन्त्रता कुन्ठित हुनेगरी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै ‘रोएर’ विरोध गरेका हुन् । विरोध कार्यक्रममा सहभागीहरुले डाँको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विधेयक संसदबाट हुबहु पारित भए त्यसले पत्रकार रुने अवस्था आउने भन्दै प्रतिकात्मक विरोधस्वरुप रोएर विरोध गरेको प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले बताए । पत्रकार महासंघ प्रदेश नम्बर–१ का अध्यक्ष विक्रम लुइँटेलले प्रेस अधिकार नै हनन् हुने कानुनले पत्रकारको कलम बन्द हुने स्थित आउने बताए । विरोध कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थालेसमेत ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रियाहरु