आज फाल्गुनन्दको १३४ औं जन्मजयन्ती

२०७५ कार्तिक २५ गते, आईतवार

काठमाडौं, २५ कात्तिक । किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन् । पूर्वी पहाडी जिल्लाहरुमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । पाँचथरमा फाल्गुनन्दको अहिलेसम्मकै ठूलो प्रतिमा अनावरण गरिँदैछ ।
किरात धर्मगुरु फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट समाज सुधारका सातबुँदे घोषणापत्र जारी गरेका थिए । सरकारले उनलाई २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रियाहरु