भाटभटेनी सुपर मार्केटमा बम विस्फोट

२०७५ बैशाख ३० गते, आईतवार

काठमाडौँ, ३० बैशाख । चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ । आj विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।
विवादित व्यवसायी मिनबहादुर गुरुङको सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो । बम कसले र किन बिस्फोट गराएको हो भन्ने नखुलेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटबाट ठूलो क्षति नभएपनि भवनको पर्खाल र सीमा फुटेका छन् । त्यसैगरी चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट भएका छन् ।

प्रतिक्रियाहरु