झोलाभित्र राखेर फालिएको शिशु जीवितै फेला

२०७४ माघ ४ गते, बिहीबार

काठमाडौं, ४ माघ । आज बिहान काठमाडौंको चाबहिलमा झोलामा पोको पारेर फालेको अवस्थामा एक नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको हो । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । ६/७ दिन अघि जन्मिएकोजस्तो देखिने शिशु कसले फालेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रियाहरु