शिबम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौं, ८ मंसिर । शिबम सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु पक्राउ परेकाछन् । शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताए । शिबम सिमेन्ट उद्योगका प्रमुख मारुलाई जिल्ला वन कार्यालय मकवानपुरले गएको कात्तिक २८ गतेनै पक्राउ गरेर हिरासतमा राखे पनि यो घटना लुकाइएको थियो । शिबम सिमेन्टले विभिन्न बहानामा ग्राहकहरुलाई ठगी गर्दै आएको छ । यस अघि शिबम सिमेन्टको गुणस्तरमा समेत गम्भिर प्रस्न उठेको थियो ।

प्रतिक्रियाहरु