बढी भाडा असुल्ने सवारी साधनलाई जरिवाना

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौं, ८ मंसिर । उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे १२ लाख रुपैयाँ जरिवाना उठाएको छ । विभागले कारवाहीमा परेका प्रत्येकसँग ५ हजारका दरले जरिवाना असुलेको हो । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु