पैत्रृक सम्पत्तिमा तीन पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने

२०७३ मंसिर २२ गते, बुधबार

काठमाडौं, २२ मंसिर । मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्न प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने छ । त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने छैनन् । साबिक कानुनमा सात पुस्तासम्मले पैतृक सम्पत्तिमा हकदाबी गर्न पाउने व्यवस्था छ । साबिक कानुनले सम्पत्तिसम्बन्धी झगडा बढाएको, दाजुभाइ र आफन्तबीच वैमनश्य बढाएको भन्दै पैतृक सम्पत्तिमा तीन पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने व्यवस्था गरिएको हो । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु