घुस लिदै गरेको भिडियो इन्टरनेटमा भाइरल

२०७२ बैशाख ७ गते, सोमबार

काठमाडौं,७ वैशाख । मालपोत कार्यालय सर्लाहीमा आउने सेवाग्राहीहरुसंग खुलेआम रुपमा घुस लिदै गरेको भिडियो सार्वजनिक भएको छ । मोठ फाँटमा घुस लिदै गरेको भिडियो एक सेवाग्राहीले हिजो खिचेर सार्वजनिक गरेका हुन् । हाल कार्यालयमा ड्राइभर पदमा कार्यरत चरिचन कापडले मोठ फाँटमा सेवाग्राहीसँग घुस लिदै गरेको भिडियो सार्वजनिक गरेका हुन् ।कापडले घुस लिदै गरेको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । हजारौ व्यक्तिले भिडियो हेरेर कमेन्ट गरेका छन् । मालपोत कार्यालयको हरेक फाँटमा घुसको लेनदेन हुने गरेको पाइएको छ ।
दर्तामा १० रुपैयाँ, लालपुर्जा दिने ठाउँमा १ सयदेखि माथि, मोठ फाँटमा १ सय देखि ५ सयसम्म, रजिष्टेशन फाँटमा रु ५० देखिमाथि र नामसारीमा २ सय देखि माथि सम्म घुस रकम सेवाग्राही संग दिदै आएको स्रोतको दावी छ ।
सेवाग्राहीले मागे जति रकम नदिएपछि काममा कर्मचारीहरुले आलटाल गर्ने, काम मा विभिन्न वाधा अड्चन खडा गर्ने गर्ने गरेको सर्वसाधारणको गुनासो छ । मालपोत कार्यालयको घुस प्रकरण बारे ठूलो चर्चा चलेपनि मालपोत कार्यालयका प्रमुख लालमणि ओझा कार्या घुस लिएको बारेमा आफुलाई केही थाहा नभएको र लिएको छ भने विभागीय कारवाही हुने बताए ।

प्रतिक्रियाहरु