पटिहानीमा पर्यटन मेला हुने

२०७१ फाल्गुन २० गते, बुधबार

काठमाडौँ । चितवनको पर्यटकीय नगरी पटिहानीमा नयाँ बर्ष २०७२ को अवसर पारेर यहि २०७१ चैत्र ३० गतेदेखि २०७२ बैशाख २ गतेसम्म “कमलपोखरी फुड फेस्टिबल तथा पर्यटन मेला २०७१/०७२ हुने भएको छ ।पटिहानी बजार ब्यबस्थापन समिति ,पकडी- धनौजी बजार ब्यबस्थापन समिति र थारु कल्याणकारी सभा क्षेत्र नम्बर ५ धनौजीको संयुक्त आयोजनामा ३ दिन सम्म सन्चालन हुने मेलाको उद्देश्य समग्र पटिहानीको पर्यटन प्रबर्द्धन गर्नु रहेको छ । भरतपुर उप -महानगरपालिका संयुक्त वडा कार्यालय पटिहानी ,पटिहानी पर्यटन बिकास समिति र राजनैतिक दल पटिहानी संरक्षक रहने गरि उक्त मेला आयोजना गर्न लागिएको हो।आज सम्पन्न भेलाले मेला सम्पन्न गर्नका लागि अपिल घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।समितिको सह-संयोजकहरुमा गिरिधारी पौडेल , बिफला महतो र सचिबमा बिकास सापकोटा चयन भएका छन् ।त्यस्तै गरि आर्थिक उपसमितिको संयोजकमा प्रेमप्रसाद आचार्य र प्रचारप्रसार उपसमितिको संयोजकमा महेश महतो चयन भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु