सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधीको विवरण पेश गर्न आग्रह

२०८० चैत्र १२ गते, सोमबार


काठमाडौँ । औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेश गर्न अनुरोध गरेको छ ।
विभागले सूचना निकाल्दै आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेश गरी सहयोग गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।
विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधीहरुको बजार अवस्था अध्ययन गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो । विवरण सङ्कलनका लागि विभागले तयार गरेको प्रयोगकर्ता निर्देशिकाका आधारमा सूचना प्रकाशित मितिबाट ३० दिनभित्र अनिवार्य विवरण पेश गर्न अनुरोध गरेको छ । थप जानकारीका लागि विभागको औषधी मूल्याङ्कन तथा दर्ता महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु