नेकपा सुदुरपश्चिमद्वारा अर्थमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र

२०८१ जेष्ठ ९ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिले अर्थमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र पेश गरेको छ । बुधबार अर्थमन्त्रीका स्वकीय सचिव भुपाल शाक्यमार्फत सुदुरपश्चिमका विकास निर्माणका समसामयिक विषयमा माग पत्र पेश गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणवीर´, पोलिट ब्युरो सदस्य विकल्प सी, केन्द्रिय सदस्य एवम् सभासद डबल बहादुर सी, केन्द्रिय सदस्यहरु समर सी, मिना सी, प्रकाश सी र दर्शन सी सहितको हस्ताक्षरित ज्ञापनपत्रमा आगामी आर्थिक बर्षमा सुदुरपश्चिमका विकास निर्माणमा सरकारले बजेटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
९ बुँदे ज्ञापनपत्रमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०८० पारित हुनुपर्ने, सेती लोकमार्ग र महाकाली करिडोर निर्माणको काममा तीव्रता दिनुपर्ने, कैलालीको पहलमानपुरमा अवस्थित ३ हजार मेट्रिक टन क्षमताको सुदुरपश्चिम शीतगृह संरक्षण गरिनुपर्ने, खप्तड, बडिमालिका,रामारोशन र अपि साइपाल जस्ता पर्यटकीय क्षेत्रको पुर्बाधार निर्माण गरिनुपर्ने,चिसापानी – राजकाडा केवलकार निर्माणमा स्थानीय जनताको शेयर सुनिश्चितता गरिनुपर्ने, पश्चिम सेती, बुढीगङ्गा हाइड्रो र बेतन कर्णालीको काममा गति प्रदान गरिनुपर्ने माग गरिएको छ।
त्यस्तै कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका भुमिहिन सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्न रोक्नुपर्ने, दलितमाथिको भेदभाव र छुवाछूत उन्मुलन गर्न, महिला र थारु समुदायको सशक्तिकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने र सरकारले योजनाहरुको छनौट र बजेट विनियोजन गर्दा राजनीतिक शक्तिका आधारमा गरिने भागबण्डा रोक्नुपर्ने लगायतका माग गरिएको छ। – शेरबहादुर विश्वकर्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु