इजरायली आक्रमणमा हमास नेता इस्माइलका तीन छोरा मारिए

२०८० चैत्र २९ गते, बिहीबार

काठमाडौँ । इजराइलले गजामा गरेको हवाई आक्रमणमा परी हमासका शीर्ष नेता इस्माइल हानियाहका तीन छोरा मारिएका छन्। उक्त आक्रमणमा परी नेता हानियाहका तीन छोराहरूस हजेम, अमिर र मोहम्मदको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको हो । बुधबार गजामा उनीहरू सवार गाडी इसराइलले गरेको हवाई आक्रमणमा परेको थियो। उक्त गाडीमा हानियाहका नातिनातिना र अरू केही व्यक्तिहरू पनि रहेको बताइएको छ।उनीहरू इद(उल(फित्र मनाउन गजास्थित अल शति शरणार्थी शिविरमा आएका थिए।

गजामा रहेको उनीहरूको घर गत नोभेम्बरमै इसराइलको आक्रमणबाट नष्ट भएको थियो। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि गजामा हवाई आक्रमणमा हमास नेताका छोराहरू मारिएको पुष्टि गरेको छ।‘मेरा छोराहरूको रगत हाम्रा जनताका रगतभन्दा प्यारो हुन सक्दैन,’ घटनापछि हमास नेता हानियाहले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्।गजामा युद्धविरामको पहल गर्न हानियाह इरान र कतारको सीमाक्षेत्रमा रहेको रोयटर्सले उल्लेख गरेको छ। पछिल्लो समय इजिप्टले गजामा युद्धविरामको पहल गरिरहेको छ।इसराइलले भने हानियाहसहित हमासका सबै नेताहरुलाई आतंककारी घोषणा गरिसकेको छ।६१ वर्षीय हानियाहका १३ छोराछोरी रहेको बताइएको छ। उनी २०१७ मा हमासका शीर्ष नेता चुनिएका थिए। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु