चैत्र २६ को विथोल्डाँडाको महिला प्रतिरोध ऐतिहासिक परिघटना

२०८० चैत्र २७ गते, मंगलवार

काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु सीले माल्कोटको विथोल्डाँडाको चैत्र २६ को महिला प्रतिरोध दिवस ऐतिहासिक परिघटना भएको बताएकी छन । सोमबार जिल्लाको माल्कोटमा महिला प्रतिरोध दिवसका अवसरमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पश्चिम कालिकोट जिल्लाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन ।
अध्यक्ष बन्धु सीले नेपालको क्रान्तिकारी महिला आन्दोलनको इतिहासमा विथोल्डाँडाको महिलाहरुले जनदमनमा आएको प्रहरी माथि गरेको प्रतिरोधको घटना सामान्य नभएको बताउदै भनिन् – ‘महिला आन्दोलनको इतिहासमा विथोल्डाँडा घटना सहित चारवटा घटनाहरुलाई महिला संगठनले विशेष महत्वकासाथ दिवसको रुपमा मनाउने गरेको छ । जसमा २०५४ साल चैत्र २६ गतेको माल्कोटको विथोल्लडाँडाको घटनालाई महिला प्रतिरोध दिवसका रुपमा मनाउने गरेको छ । बेथानको फौजि आक्रममा सहिद हुने महिला सहिदहरुको स्मृतिमा विरता दिवस मनाउने गरेको छ । रोल्पाको कुमारी बुढाको घटनालाई हरेक मंसिर १ गते बलिदान दिवस,र जेल भित्र सुरुड खनेर वाहिर निस्कीएको घटनालाई चैत्र १७ गते जेल व्रेक दिवस मनाउने गरिएको छ ।’
उनले माल्कोटको घटनाा महिलाहरुको उच्च साहासीक कार्य भएको भन्दै प्रशंसा गरिन । अध्यक्ष बन्धुले जनदमनमा गाउँमा गएको प्रहरी माथि महिलाहरुले प्रतिरोध गर्दा ६ जना महिला घाईते हुने गरी र एक जना पुरुष सहिद हुने गरी भएको प्रतिरोधको इतिहास सामान्य ठान्न नहुने बताईन ।
उनले कार्यक्रममा प्रतिरोध आन्दोलनमा सहिद हुने कालीवहादुर विक सहित ६ जना घाईते महिलाहरुका आफन्तहरुलाई दोसल्लाह ओढाएर सम्मान समेत गरिइन ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विवेद सीले महिलाहरुले संगठित रुपमा प्रतिरोध गरेको पहिलो घटना भएको बताए । उनले प्रतिरोधमा सहभागी महिलाहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा अखिल (समाजवादी)का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले महिलाहरुको आन्दोलनलाई उच्च सम्मान गर्दै आफ्नो अधिकारका लागि प्रतिरोध गरिरहन अपिल गरे । कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य सभ्यता सीले पनि बोलेकी थिईन ।अखिल नेपाल महिला संघ पश्चिम कालिकोट संयोजक प्रतिमा सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन सीले गरेका थिए । – बसन्त विक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु