विक्रम बाबा मेला सुरु

२०८० चैत्र २६ गते, सोमबार


काठमाडौँ । विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म लाग्ने उक्त मेलाको आज चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पूर्जा पुन र खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना गरी शुभारम्भ गरेका छन । मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु छन् । बनभोज स्थलको समेत व्यवस्था गरिएको छ । विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुका लागि राप्ती नदीमा डुङ्गाको ब्यवस्था गरिएको छ, जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ ।
विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।
किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी -गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु