एस.एम.एस फ्रेन्डसिप कप : नेपाल र गुजरात भिड्दै

२०८० चैत्र २५ गते, आईतवार

काठमाडौँ । ‘एस.एम.एस फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरात क्रिकेट संघको सामना गर्दैछ । खेल दिउँसो २.४५ बजे भारतको वापीमा हुनेछ । यसअघि लिग चरणका चारमध्ये तीन खेल जितेको नेपाल विजेताको रूपमा फाइनलमा पुगेको हो । गुजरात भने लिग चरणमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको छ । नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो ।

प्रतिक्रियाहरु