नेप्से ६ दशमलव २६ अङ्कले घट्यो

२०८० चैत्र २२ गते, बिहीबार


काठमाडौँ । नेप्से ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ विन्दुमा झरेको छ । आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त र माईखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज ७२ लाख ९० हजार कित्ता शेयर दुई अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको ४७ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रियाहरु