सर्वोच्चको इजलासमै विष सेवन !

२०८० चैत्र २१ गते, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले विष सेवन गरेकी छन्।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको जानकारी दिए।
कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्। श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा आन्दोलन गर्दै आएकी छन्। उनले गत माघ २ गते सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिससमेत गरेकी थिइन्।

प्रतिक्रियाहरु