मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

२०८० चैत्र १८ गते, आईतवार


काठमाडौँ । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु