नेकपाका शिर्षस्थ नेता र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

२०८० चैत्र १२ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देउवा नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनका बिषयमा भएका कार्य र बाँकी कामका बारेमा छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा नेकपाका नेताहरुले तीन बुँदे सहमति कार्यान्वयनका लागि आबश्यक पर्ने कानुन निर्माण गर्न संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बिषय राखेका थिए भने सभापति देउवाले तीन बुँदे सहमति कार्यान्वयनका निम्ति आफ्नो सरकारले पहल गरेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए।
यसैगरी, उक्त भेटवार्तामा नेकपाका नेताहरुले देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गएकोले यसको समाधान गर्नुको बिकल्प नरहेको बताएका थिए भने सभापति देउवाले उक्त बिषयमा नेपाली कांग्रेसपनि गम्भीर भएको बताएका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु