नेकपा (एमाले) समाजवादी मोर्चामा सहभागी हुनेमा सकरात्मक

२०८० चैत्र ९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिच विहिवार साँझ ओली निबास बाल्कोटमा भेटवार्ता भएको छ। उक्त भेटबार्तामा एमाले समाजादी मोर्चा नेपालमा सहभागी हुनेमा सकरात्मक देखिएको बताइएको छ।
दुई पार्टीका नेताहरु बिच समाजवादी मोर्चा नेपाल पछिल्लो राजनीतिक संकटको अग्रगामी निकासका लागि जरुरी मोर्चा भएको विषयमा गम्भीरता पूर्वक छलफल भएको छ ।
छलफलपछि एमाले अध्यक्ष ओली पनि समाजवादी मोर्चाप्रति सकरात्मक देखिनु भएको नेकपाका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए ।
समाजवादी मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव विप्लव सीले नेपाल अत्यन्तै गम्भीर संकटको अवस्थामा पुगेको र अग्रगामी निकासका लागि नेपालमा रहेका सबै कम्युनिष्टहरु एकठाउँमा आउनुको विकल्प नभएको भन्दै समाजवादी मोर्चा आवश्यक भएको विचार राखेका थिए ।
भेटवार्तामा नेताहरु बिच नेपालको पछिल्लो राजनीतिक परिस्थिति,अहिलेको गठबन्ध सरकार र आगामी सरकारको कार्यक्रमका विषयमा पनि छलफल भएको छ ।
यस्तै नेताहरु बिच देशको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृति र स्वाधीनताका क्षेत्रमा निकै ठुलो समस्याहरु चुलिएको र राष्ट्रियता खतरामा परेको विषयमा गम्भीरता पूर्वक छलफल भएको छ ।
नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले अहिलको एमाले सहितको गठबन्धन सरकार सापेक्षिक रुपमा सकरात्मक भएपनि बरु यसले देश र जनताका मुद्धाहरुलाई विशेष ध्यान दिएर प्रभावकारी रुपमा काम गर्नेतिर लाग्नुपर्ने भन्दै एमाले अध्यक्षको ध्यानाकर्षण गराएका थिए ।
दुबै पार्टीका शिर्ष नेताहरुले देश अप्ठेरोमा परेको बारे एकमत हुदै निकासका लागि अगाडि बढने र सहकार्य गर्ने समेत सहमति गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु