प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

२०८० फाल्गुन ३० गते, बुधबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिएका छन भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहेका छन ।
सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा १५७ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको घोषणा गरे।
प्रधानमन्त्री प्रचण्डले गत वर्ष पुस १० गते एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि पुस २६ मा विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिनिधिसभाका २६८ सांसदहरुले उनको पक्षमा मतदान गरेका थिए भने विपक्षमा २ मत परेको थियो । फेरि गठबन्धन परिवर्तन गरेर कांगस्रेसँग सहकार्य गरेपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिँदा उनको पक्षमा १७६ सांसदले मतदान गरे भने ८९ जनाले विपक्षमा मत दिएका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु