सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन

२०८० फाल्गुन २० गते, आईतवार

काठमाडौँ । दाङ शान्तिनगर गाउँपालिकामा जनयुद्धका सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको छ ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँसमितिको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रमका बिच शहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा पश्चिम दाङ जिल्ला सेक्रेटरी निर्मल सी , युवा संगठन नेपालका महासचिव तिलक सी , नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य मनोज सी , सहिद परिवार लक्ष्मण केसि , युवा संगठन नेपाल शान्तिनगरका अध्यक्ष बसन्त सी लगाएतको आतिथ्यता रहेको थियो ।
अभिनन्दन कार्यक्रममा सहिद परिवारको तर्फबाट मुरली मनोहर थापा , लक्ष्मण केसी, युवा संगठन नेपालका महासचिव तिलक सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेकपा पश्चिम दाङका जिल्ला सदस्य मनोज सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिजय सीले गरेका थिए भने अध्यक्षता सहिद परिवार सुरेश सीको रहेको थियो । – हेमन्त प्रकाश ओली

प्रतिक्रियाहरु