आज र भोलि देशका अधिकांश भागमा वर्षा र हिमपात

२०८० माघ २१ गते, आईतवार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि दुई दिन देशका अधिकांश भागमा वर्षा हुने जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपात हुने जनाएको हो ।
बागमती प्रदेशको काठमाडौँ लगायतका स्थानमा पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै तराई भेगमा पनि वर्षा हुनेछ । यसैगरि आइतबार र सोमबार हुने वर्षाले न्यूनतमका साथै अधिकतम तापक्रममा गिरावट आउने हुँदा थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु