क्यानद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक

२०८० पुष १९ गते, बिहीबार


काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले पत्रकार सम्मेलन मार्फत सन् २०२४ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले सन २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितलाई समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । वार्षिक क्यालेन्डर अन्तर्गत उमेर समुह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति सहितको खेल उल्लेख गरिएको छ ।
क्यानका अनुसार घरेलु मैदानमा क्यानडासंगको खेल, नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला हुनेछ भने नेपाल प्रिमियर लिग मंसिरमा गर्नेगरि बार्षिक क्यालेन्डरमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । उनले नेपाल ए टिम बनाउन लागेको र क्यानडाले सोहि टिमसंगै प्रशिक्षण गर्ने बताए ।
खड्काले हङ्कङमा प्रस्तावित चार देशीय खेलको प्रस्ताव आएको बताउनुभयो । खड्काले क्यानले घरेलु प्रतियोगीताहरुलाई पनि प्राथमिकताका साथ राखिएको उल्लेख गरे । त्यस्तै उनले सन्दीप लामिछानेबारे कानूनी सल्लाहकारसंग छलफल भइरहेको भन्दै २५ पुसपछि मात्रै आधिकारीक धारणा सार्वजनिक गर्ने जानकारी दिए । उनले एशोसिएटमा नंवर १ बन्ने चूनौति रहेको र यहि प्राथमिकताका साथ क्यान अघि बढ्ने जिकिर गरे । खड्काले यसै वर्ष नेपालमा लेभल टु कोचिङ समेत हुने बताए ।

प्रतिक्रियाहरु