नेपाल सुपर लिग: काठमाडौँ र ललितपुरबीच खेल हुँदै

२०८० पुष १० गते, मंगलवार


काठमाडौँ । नेपाल सुपर लिगमा आज काठमाडौँ र ललितपुरबीच खेल हुने छ। फाइनलको लागि हुने यो दोस्रो खेल हो। आजको खेलमा जितेको टिम फाइनलमा पुगेको धनगढीसँग प्रतिस्पर्धा गर्ने छ। आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुने छ। आज हार्ने टिमले यसअघि हारेको पोखरासँग तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ।
यसअघि धनगढी एफसी एनएसएल फाइनलमा प्रवेश गरेको छ। धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो। नब्बे मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप १–१ गोल गर्दै बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको हो।

प्रतिक्रियाहरु