सुपर लिग फुटबल: पोखरा थन्डर्स र ललितपर सिटी भिड्दै

२०८० मंसिर १३ गते, बुधबार

काठमाडौँ । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज पोखरा थन्डर्सले ललितपर सिटी एफ.सीको सामना गर्नेछ । खेल आज साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी एफ.सी.लाई २–० ले हराएको थियो भने पोखराले चितवन एफ.सी माथि १–० को जित निकालेको थियो ।
काठमाडौंमा जारी एनएसएल फुटबलमको दोस्रो संस्करणमा अहिलेसम्म दुई खेलबाट चार अंक जोडेको साविक विजेता काठमाडौं रेजर्स शिर्ष स्थानमा रहेको छ । मंगलबारको खेलमा काठमाडौंलाई चितवन एफ.सीले १–१ गोलको बराबरीमा रोकेको हो । यो बराबरीपछि चितवनले पनि अंक तालिकामा खाता खोलेको छ ।

प्रतिक्रियाहरु