नेपाल रैफ्टिङ तथा क्यानोइङ संघको अध्यक्षमा राजीव श्रेष्ठ

२०८० मंसिर १० गते, आईतवार


काठमाडौँ । नेपाल रैफ्टिङ तथा क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभावाट राजीव श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने १३ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । श्रेष्ठ यसअघि करिब तीन वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा थिए । रैफ्टिङ तथा क्यानोइङ संघमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ ( हाल नेपाल बक्सिङ महासंघ) को नेतृत्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व सहमहासचिव समेत रहिकेका श्रेष्ठ नेपाली खेलकुदमा हक्की एवं जुझारु खेलकर्मीको रुपमा परिचित छन्
साधारणसभाले सूर्यप्रसाद जोशीलाई संघको वरिष्ठ उपाध्यक्ष तथा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापालाई उपाध्यक्षद्वयमा चयन गरेको छ ।
यस्तै सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाउँदा रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान सदस्यमा चयन भएका छन ।
नवनिर्वाचित पदाधिकारीहरुलाई साधारणसभाका प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेको साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी ३२ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु