सुपर लिग फुटबल : बिरगंज युनाइटेड र धनगढी एफ.सी भिड्दै

२०८० मंसिर १० गते, आईतवार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बिरगंज युनाइटेड र धनगढी एफ.सी भिड्दैछन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने तयारीमा रहेका छन् । धनगढी एन.एस.एल फुटबलको साविक उपविजेता टोली हो भने बिरगंजले पहिलो पटक एन.एस.एल खेल्न लागेको हो ।
यसअघि हिजोका खेलहरुमा ललितपुर सिटी र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० ले हराउँदा पोखराले एफ.सी चितवनलाई १–० ले पराजित ग-यो । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा विभिन्न नौ वटा फ्रेन्चाइज टोलीहरुले भाग लिएका छन् ।

प्रतिक्रियाहरु