नेकपा पूनर्गठन दिवसको अबसरमा फुटबल प्रतियोगीता

२०८० मंसिर ९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टी पुनर्गठन दिवसको १० औ बार्षिकोत्सवको अवसरमा सुक्रवार फुटबल प्रतियोगीता सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम सिन्धुलीले जिल्लाको मरिन गाउँपालिका वडा न ५को बढिमुहानमा प्रतियोगीताको आयोजना गरेको थियो । फुटबल प्रतियोगीतामा स्थानीय ८ ओटा खेलाडी टिमहरुको सहभागिता भएको थियो ।
प्रतियोगीतामा सहभागी टिमहरु मध्य संकल्प पञ्चकन्या युवा क्लब प्रथम, जनशक्ति स्पोर्ट्स क्लब द्धितिय र पञ्चकन्या युवा क्लब तृतिय भएका छन ।
खेलमा प्रथम बिजेता संकल्प पञ्चकन्या युवा क्लबलाई प्रमाणपत्र सहित रु १० हजार,द्वितिय बिजेता जनशक्ति स्पोर्ट्स क्लबलाई प्रमाणपत्र सहित रु ५ हजार र तृतीय बिजेता पञ्चकन्या युवा क्लबलाई प्रमाणपत्र सहित रु २ हजार ५ सय पुरस्कार प्रदान गरिएको नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम सिन्धुली इन्चार्ज शशी सीले जानकारी दिएका छन ।


पार्टी पूनर्गठनको अवसरमा आयोजित फुटबल प्रतियोगिता कार्यक्रममा उत्कृष्ट खेलाडी विशाल तामाङ ,उत्कृष्ट किप्पर रामेश्वर माझी,उत्कृष्ट डिफेन्डर समिर तामाङ र सर्वाधिक गोलकर्ता सुजन माझीलाई समेत प्रमाणपत्र र १ हजार ५ रुपैया पुरस्कार बितरण गरिएको बताईएको छ ।
खेलकुद प्रतियोगीता समापन भएपछि आज बेलुका पार्टी पूनर्गठन दिवसको अवसरमा दिप प्रज्वलन समेत गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युराका जुझारु सी ले बिजेता टोलीलाई प्रमाणपत्र सहित पुरस्कार बितरण गरेका छन ।
समापन कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शशी सी, पश्चिम जिल्ला सेक्रेटरी जनक सी अतिथिको रुपमा सहभागी भएका थिए । मरिन गाउँपालिका इन्चार्ज राजनको अध्यक्षतामा भएको पुरस्कार बितरण तथा समापन कार्यक्रमको जिल्ला समिति सदस्य रामु सीले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु