युरोकप २०२४ का लागि नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड छनौट

२०८० मंसिर ३ गते, आईतवार


काठमाडौँ । युरोकप २०२४ का लागि नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड छनौट भएका छन्। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। यो जितपछि नेदरल्याण्डको ७ खेलमा १६ अंक भएको छ र समुह बि मा दोस्रो स्थान पक्का गरेको छ।
त्यस्तै स्वीजरल्याण्डले समुह आइ अन्तर्गतको खेलमा कोसोभोसँग १-१ गोलको बराबरी खेलेसँगै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। यो बराबरीपछि समुह आइ मा स्वीजरल्याण्डको ९ खेलमा १७ अंक भएको छ र दोस्रो स्थान पक्का गरेको छ।
यसै समुहबाट रोमानिया पनि युरोकपमा छनौट भएको छ। गएराति सम्पन्न खेलमा रोमानियाले इजरायललाई २-१ गोल अन्तरले पराजित गरेको थियो। यो जितपछि रोमानियाको ९ खेलमा १९ अंक भएको छ र अहिले शिर्ष स्थानमा रहेको छ।
२०२४ को जुन १४ देखि १४ जुलाईसम्म हुने युरोकपका लागि अहिलेसम्म आयोजक जर्मनीसहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड, टर्की, अस्ट्रिया, इङल्याण्ड, हंगेरी, स्लोभाकिया, नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड छनौट भएका छन्। युरो कपमा २४ देशको सहभागिता रहन्छ।

प्रतिक्रियाहरु